२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

सप्तरी – कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उनले जानकारी दिए ।

शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उनकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उनले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रेग्मीले भने, “गाउँको घर जस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोरदोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर स्वास फेर्न नसकेर ज्यान जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नु हँुदैन, यो घटना पनि यसैको परिणाम हो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]