२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

नुवाकोट – त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट संक्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ ।

अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालको प्रयोगशालामा सोमबार गरिएको पिसिआर परीक्षणपछि अस्पतालमा विशेषज्ञ चिकित्कस, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना संक्रमित भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

डा पाण्डेले स्त्री तथा प्रसूति विभागमा कार्यरत तीन चिकित्सक कोभिड–१९ बाट संक्रमित भएका कारण विभागबाट हुने प्रसूति गराउने, शल्यक्रिया गराउनुपर्ने जस्ता कार्य हाललाई बन्द गरिएको बताए । अस्पतालले अत्यावश्यक काम नभइ अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालले एक विज्ञप्ति निकालेर सामान्य र पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल अहिले नआउन र नियमित औषधि लिनुपर्ने सेवाग्राहीले कोभिड–१९ स्वास्थ्य मापदण्डपालना गरेर आउन आग्रह गरेको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ४४ जनामा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या १०५ पुगेको छ । सक्रिय संक्रमितको यो सङ्ख्या गएको भदौयताकै उच्च हो । नुवाकोटमा गएको पुस १३ गतेदेखि १८ गतेसम्म सक्रिय संक्रमित शून्य रहेको छ ।

जिल्लामा हालसम्म कोरोनाको कारण ५२ जनाको ज्यान गएको छ । पहिलो लहरमा एक जना, दोस्रो लहरमा ५१ जना र अहिलेको तेस्रो लहरमा कसैको पनि ज्यान नगएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए । जिल्लामा हालसम्म २९ हजार ३४५ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा आठ हजार पाँच सय दुई जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]