२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०३, २०७८

सप्तरी – कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै छिटो काम सम्पन्न गर्न सन्धिखर्क नगरपालिकाले नगरसभाबाट विनियोजित बजेटका योजना वडा कार्यालयमै गएर धमाधम सम्झौता गरेको छ ।

नगरपालिका र वडास्तरीय योजना सम्बन्धित उपभोक्ता समिति, विभिन्न कार्यक्रम, विकास योजनाका काम नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर विक र प्रमुख प्रकाशसीय अधिकृत नारायण अर्यालको टोली वडामै पुगेर सम्झौता गरेको हो । १२ वडा रहेको नगरमा अब १, २, ७, ९ र ११ वडामा मात्रै सम्झौता गर्न बाँकी रहेको अर्यालले बताए ।

‘एउटा योजना सम्झौता गर्न नगरपालिकामा आउनुपर्ने झन्झटबाट सेवाग्राहीलाई मुक्त गराउन वडामै पुगेका हौं,’ अर्यालले भने, ‘सेवालाई सहजता बनाउन वडामा पुगेर सम्झौता गर्ने र छिटोछरितो काम गर्न भनेका छौं । अहिलेसम्म बजेटको ७० प्रतिशत योजना सम्झौता भए ।’ वडामा ३० देखि ५० प्रतिशत काम पूरा भएको उनले बताए ।

सम्झौताअनुसारको काम सम्पन्न गरेर रकम भुक्तानी पनि वडाबाटै गर्न सकिने अर्यालले बताए । कोरोना भाइरसबाट जोगिन पनि सामाजिक दूरी कायम गरी सम्झौता भएका योजना छिटोछरितो र पारदर्शी ढंगबाट सम्पन्न गर्न नगर जोड दिएको छ । ‘छिटोछरितो योजनाको काम पूरा गर्ने वडालाई पुरस्कृत गरिनेछ,’ नगर प्रमुख भुसालले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]