२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०२, २०७८

काठमाडौं – खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाईन ठगी गरेको अभियोगमा पर्सा छिपहरमाई गाउँपालिका २ ठेगाना भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरुलाई आफ्नो मोबाईलबाट फोन सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी भएको तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी कोड आउँछ, उक्त ओटिपी कोड अरु कसैलाई नदिई टिपाउनु भनी पीडितहरुलाई विश्वासमा पारी ओटिपी कोड लिई पीडितकै खल्ती आईडी खोली विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम विभिन्न व्यक्तिहरुको नागरीकताको फोटोकपी पेस गरी आईएमई तथा सिटी एक्स्प्रेस मनि ट्रान्सफरबाट निकाली अनलाईन ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]