२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ३०, २०७८

काठमाडौँ – हालै फेसबुकले आफ्नो कम्युनिटी गाइडलाइन राम्रोसँग पालना नगर्ने फेसबुक एकाउन्टलाई स्थायी तथा अस्थायी बन्दलाई तीव्रता दिएको छ । गत डिसेम्बरको अन्त्यमा नेपालबाट पनि निकै फेसबुक खाता निस्क्रिय भएको थियो । फेसबुकले खाता बन्द गरेपछि यसलाई रिभ्यु गर्न १ महिना समय दिएको हुन्छ तर कतिपयले डिसेबल्ड भएको फेसबुक एकाउन्टको रिभ्युको लागि रिक्वेष्ट पठाउन सकेका छैनन् । रिभ्युका लागि रिक्वेष्ट गर्दा कोभिडका कारण हाल कर्मचारी कम रहेको भन्ने जवाफ फेसबुकले दिने गरेको छ ।

यसरी फेसबुकले हाल निकै सानो गल्ती तथा कम्युनिटी गाइडलाइन पालना नगर्ने खातालाई ७२ घण्टादेखि सधैँको लागि समेत बन्द गर्ने गर्छ । कतिपय अवस्थामा फेसबुकले आलोचना गरेको आधारमा समेत फेसबुक एकाउन्ट बन्द गर्दै आएको छ । केहि समयअघि भारतमा मोदीको आलोचना गर्ने पेज तथा एकाउन्टहरू बन्द गरेको थियो । फेसबुक आफ्नो कम्युनिटी गाइडलाइन पालना नगर्नेको खाता चेतावनी तथा बिना चेतावनी बन्द गर्न सक्छ ।

के हुँदा फेसबुकले आफ्नो कम्युनिटी पालना नगरेको मान्छ ?

आतंकवादी क्रियाकलाप
हिंसा र आतंकवादी क्रियाकलापमा देखिएका फेसबुक खातालाई फेसबुकले शंका लागेमा तुरुन्तै निस्क्रिय गर्न सक्नेछ । फेसबुकले प्रयोगकर्ताको हरेक एकाउन्टलाई निकै सुक्ष्म रोबोटिक सिस्टमबाट नियालेको हुने हुँदा यससम्बन्धि कुनै छनक पाएमा मात्र पनि फेसबुकले कारबाही गर्ने गरेको छ ।

सुरक्षा
फेसबुकले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । सुरक्षा अन्तर्गत यसमा हुने यौनजन्य सामाग्रीदेखि लिएर बुलिङ जस्ता कुरा भएमा केहि समयको लागि चेतावनी स्वरूप बन्द गर्ने गरेको छ । त्यस्तै बालबालिका जन्य यौन सामाग्री सेयर गरेमा भने फेसबुकले च्याट सुविधा तथा लाइकजस्ता यसको फिचर अस्थायी रूपले बन्द गर्ने गरेको छ । यदि पटक-पटक दोरिएमा भने खाता सधैँको लागि बन्द हुने हुन्छ ।

आपत्तिजनक सामग्री
फेसबुकले कतिपय अवस्थामा आपत्तिजनक सामग्री पोस्ट गरेको आधारमा समेत खाता बन्द गर्ने गरेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खातासमेत बन्द गरेको थियो । घृणा फैलाउने सामग्री तथा आपत्तिजनक ग्राफिक सेयर गर्दा समेत फेसबुकले सहँदैन । यौनजन्य सामग्रीमा शिक्षा फैलाउने उद्देश्य देखिएमा भने फेसबुकले त्यसलाई केही गर्देन ।

स्पाम लिंक
फेसबुकमा स्पाम लिंक सेयर गर्दा समेत फेसबुकले खातालाई अस्थायी तथा स्थायी रूपले बन्द गर्ने गर्छ । फेक लाइक, सेयर बढाउन प्रयोग गरिने साइटहरूको प्रयोग गर्दा पनि फेसबुकले खाता बन्द गर्ने गरेको छ । त्यस्तै गलत समाचार सेयर गरे बापत फेसबुकले कारबाही गर्छ । गलत समाचार सेयर गरेमा फेसबुक खाता केही समय तथा सधैँको लागि समेत बन्द गर्ने गरेको छ ।

कपी राइट
कसैको बौदिक सम्पतीलाई अनुमतिबिना प्रयोग गरेमा समेत फेसबुकले त्यसमा कारबाही गर्ने गरेको छ । अरूको बौदिक सम्पती सेयर गर्दा त्यसको मालिकले रिपोर्ट गर्दा फेसबुकले अत्यन्तै गम्भीर तरिकाले लिने गरेको छ । यसरी कतिपय अवस्थामा आफूले प्रयोग गर्ने पेज तथा ग्रुपले फेसबुकको कम्युनिटी गाइडलाइन पालना नगरेको अवस्थामा समेत त्यसको प्रभाव खातामा पर्न सक्ने हुन्छ । यसले पेज तथा ग्रुप एवं फेसबुक अकाउन्टै बन्द हुनसक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]