२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २९, २०७८

पर्सा – प्रहरीले वीरगन्जबाट १० किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट पिपरिया परोवा नगरपालिका वडा नम्बर–९ बंकुल टोल बस्ने रामबाबु साह कलवारकी पत्नी ४२ वर्षीया रन्जु देवी छन् ।

उनलाई प्रहरीले बुधबार साँझ ७ बजे वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो । इनर्वा प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले नियमित जाँचका क्रममा नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा शंका लागि उनलाई रोकी खानतलाशी गर्दा उनको साथबाट उक्त परिमाणमा चरेस बरामद भएको थियो ।

चरेसको प्याकेट बनाई आफ्नो ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र शरीरमा लगाएको ज्याकेटको दुवै तर्फको खल्तीमा लुकाई राखेको अवस्थामा उनको साथबाट चरेस बरामद भएको थियो ।

रन्जुलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]