०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

काठमाडौं – बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअप भएको छ । यी दुईले आ–आफ्नो बाटो अलग गरेको रिपोर्टमा जनाइएको छ । सूत्रका अनुसार विगत ६ दिनदेखि मलाइका घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा गएकी छिन् । उनी निकै दुःखी भएको र केही समयका लागि बाहिरी दुनियाबाट टाढा रहन चाहेको बताइएको सूत्रको हवाला दिँदै बलिउड लाइफले जनाएको छ ।

अर्जुन कपूर पनि विगत केही दिनदेखि मलाइकालाई भेट्न गएका छैनन् । तीन दिन पहिले अर्जुन आफ्नी बहिनी रिया कपूरको घर गएका थिए । त्यहाँ डिनरको कार्यक्रम थियो । मलाइकाको घरको नजिकै रिया बस्छिन् तर त्यति नजिक जाँदा पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । मलाइका पनि पहिले यस किसिमका पारिवारिक डिनरमा अर्जुनको साथमै जान्थिन् तर यसपटक उनी पनि गइनन् ।

यसअघि अर्जुन जहिले पनि मलाइकाको घरको आसपास हुँदा मलाइकालाई भेट्न जान्थे । तर, त्यस दिन अर्जुन पनि गएनन् । अर्जुन रिया कपूरको घरबाट सिधै आफ्नो घर आए । अर्जुन र मलाइकालाई प्रायः कफी वा डिनर डेटमा भेटिन्थ्यो तर लामो समयदेखि उनीहरु यसरी साथमा देखिएका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]