३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार रहेका आरोपित श्रीमान सात वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम भन्ने सिकन्दर चमारलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

उनीमाथि कपिलवस्तु कृष्णनगर नगरपालिका-६ श्रीनगरकी २१ वर्षीया किसलावती चमारको हत्या आरोप छ। किसलावती मुलायमकी श्रीमती थिइन्।

घटना २०७१ फागुन ३० गतेको हो। मुलायम किसलावतीलाई लिएर श्रीनगरस्थित ससुराली आएका थिए। त्यो दिन बेलुकी खाना खाएर उनीहरू त्यही सुतेका थिए। मृतक किसलावतीका बुवा ४९ वर्षीय सुखराम भने गोठमा सुत्न गएका थिए।

त्यही मौका छोपी मुलायमले आफ्नी श्रीमती किसलावतीलाई गाउँको दक्षिण-पश्चिममा रहेको खेतमा लगेर हत्या गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। हत्यापछि उनले आगो समेत लगाएको आरोप छ। सो घटनापछि उनी फरार भएका थिए।

बुवा सुखरामले आफ्नी छोरीको शव घटना भएको भोलिपल्ट फेला पारेका थिए। प्रहरीका अनुसार शव घरबाट अन्दाजी ३०० मिटर टाढा रहेको खेतमा काटिएको र जलाइएको अवस्थामा फेला परेको थियो।

शव फेला पारेपछि स्थानीयले सुखरामलाई फोन गरी जानकारी दिएका थिए। शवको खुट्टा भने दुई दिनपछिमात्रै कुकुरले लगिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

मुलायम चमार घटनापछि भारतमा आफ्नी बहिनीको घरमा लुकेर बसेको खुलेको थियो। तर प्रहरी पुग्दा उनी त्यहाँबाट पनि फरार भइसकेको कार्यालयले जनाएको छ।

मुलायमको परस्त्रीसँग सम्बन्ध भएको र दुई वर्षकी छोरी समेत भइसकेको बुवा सुखरामले प्रहरीलाई बताएका छन्। त्यही कारणले आफ्नी छोरीको हत्या गरेको सुखराम बताउँछन्।

प्रहरीले गोप्य सूचनाको आधारमा खोज्दा मुलायमलाई मंगलबार राति साढे १० बजे यशोधरा गाउँपालिका-६ रंगपुरस्थित नेपाल भारत दशगजा सिमानामा पक्राउ गरेको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]