१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – विवेकशील साझा पार्टीको प्रदेश संयोजक चयनका विषयमा विवाद चर्किएको छ । संयोजक रवीन्द्र मिश्रले गुटबन्दी गरेको भन्दै नेताहरू आक्रोशित भएका छन् ।

गएको यही २१ गते जुम प्रविधिमार्फत बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा संयोजक तोक्ने विषयमा विवाद भएको हो । विवादकै बीच संयोजक मिश्रले तीन प्रदेश र अन्तर्राष्ट्रिय सद्भाव समूहमा रिक्त रहेको संयोजक तोकेका छन् ।

तर, कार्यसम्पादन समितिका अधिकांश सदस्यहरू मिश्रको विपक्षमा उभिएको मिश्रनिकट एक नेताले बाह्रखरीलाई जानकारी दिए ।

उक्त बैठकबाट मिश्रले अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकमा एसके श्रेष्ठलाई चयन गरे । यस्तै, मिश्रले प्रदेश नम्बर–२ को संयोजकमा धनपति महतो, वाग्मती प्रदेशको संयोजकमा सञ्जीववल्लभ भट्टराई तथा गण्डकी प्रदेशको संयोजकमा सुशीला अधिकारी केसीलाई चयन गरेका थिए ।

मिश्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन समिति सदस्य हीरामणि पौडेलले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । “आजको निर्णयमा गण्डकी प्रदेश संयोजक चयन सम्बन्धमा मेरो फरक मत छ । जमुना शर्मा संयोजक हुनुपर्ने मेरो मत छ । अध्यक्षज्यू सिंगो पार्टीको अभिभावक बन्नुहुन्छ भन्ने विश्वास थियो । म गलत रहेछु । गुटलाई बलियो बनाउँदै जाने प्रवृत्तिप्रति असहमति छ,” उनले लेखेका छन् ।

तोकिएको संयोजकहरूका नाम छलफल तथा अनुमोदनका लागि केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिनेछ । अब बस्ने केन्द्रीय समितिको बैठकले संयोजकको विषयमा अन्तिम निर्णय गर्ने जनाइएको छ ।

“असहमति पौडेलजी को मात्र होइन, अन्य धेरै साथीहरूको पनि थियो । तर, संयोजक मिश्रज्यूले पेलेर नाम तोक्ने काम भयो,” एक नेताले भने ।

विवादकै कारण मिलन पाण्डे समूहमा लागेकाहरू वाग्मती प्रदेश संयोजक रञ्जु दर्शना, प्रदेश–२ संयोजक अनिमेषकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी र अन्तर्राष्ट्रिय सद्भाव समूहका संयोजक सुरेश भट्टले पदबाट राजीनामा दिएका थिए । त्यसपछि सोही पदमा संयोजक तोक्ने विषयमा अर्को विवाद सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]