०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड-१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राखेर १८ बुँदे आदेश जारी गरिएको बताएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएका कारण सम्भावित जोखिमको विश्लेषण भएपछि सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्न प्रशासनले आदेश जारी गरेको उनको भनाइ छ ।

न्यूज एजेन्सीसँगको कुराकानीमा सहाजक प्रजिअ अधिकारीले भने, ‘पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गइरहेको छ । संक्रमणको चाप बढ्दै गइरहेको अवस्थाको विश्लेषण गरी भीडभाडजन्य गतिविधिहरू रोक्न, जनस्वास्थ्य मापदण्डका पालना गराउन आदेश जारी भएको हो ।’

स्थानीय प्रशासनले विशेष गरी भीडभाडजन्य क्रियाकलापको न्यूनीकरण, जनस्वास्थ्यका मापदण्डको पालना लगायतका कार्यलाई प्रभावकारी बनाउन लागि परेको उनको भनाइ छ । जसका लागि अनुगमनलाई पनि प्रभावकारी बनाइनेछ ।

प्रशासनले आमरुपमा नागरिकहरूमा स्वास्थ्य मापदण्ड पालनाका लागि आह्वान गर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्राप्त गर्ने वातावरण बनाउने उनले बताए ।

अस्पताल, स्वास्थ्य युनिट, स्वास्थ्य संस्थामा संक्रमितको चाप बढ्दै जाँदा आईसीयू बेडको व्यवस्थापन, अक्सिजन सिलिण्डरको उपलब्धता लगायत अन्य स्वास्थ्य सामग्रीको उपलब्धता, त्यसको भण्डारण र त्यसलाई थप अपडेट गराइराख्न डीसीसीएमसीले सरोकार पक्षलाई निर्देशन भइसकेको उनले बताए ।

अक्सिजन सिलिण्डर कोही कसैसँग बाहिर अनौपचारिक रुपमा रहेको भए सम्बन्धित उद्योगमा, स्थानीय तहमा, अस्पतालहरूमा फिर्ता गरिदिन आह्वान भइसकेको उनले बताए ।

त्यसैगरी सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूलाई कोभिड उपचारका लागि आवश्यक पर्ने तयारीका साथ रहन, सोसम्बन्धी व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन पनि डीसीसीएमसीको बैठकबाट निर्णय भइसकेको सहायक प्रजिअ अधिकारीले बताए ।

संक्रमण फैलिन नदिन प्रशासनले सूचना, निर्देशनात्मक आदेशहरू प्रवाह भइरहेको छ भने अर्कोतर्फ पूर्वाधारका बारेमा पनि आवश्यक जानकारी लिने काम भइरहेको उनले बताए ।

काठमाडौं उपत्यकाका करिब ९० प्रतिशत नागरिकले कोरोना खोप लगाएको सकेको दावी गर्दै सहायक प्रजिअ अधिकारीले भने, ‘माघ ७ गते अघि बाँकी १० प्रतिशत नागरिकलाई खोप दिइसक्ने गरि अभियान सञ्चालन भइरहेको छ ।’

माघ ७ गते पछाडि सार्वजनिक सेवा लिन खोप कार्डमा अनिवार्य गर्नुलाई सकारात्मक ढंगले लिन उनको आग्रह छ । काठमाडौं उपत्यकाको हकमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने लक्ष्य रहेकोले यो लक्ष्य भेट्याउन पनि खोप कार्डको अनिवार्य गर्ने सूचनाले सहयोग पुर्‍याउने उनले बताए ।

उनले भने, ‘यो नियमले खोप लगाउन छुट भएका व्यक्तिहरूलाई पनि खोप लगाउन प्रेरित गर्छ । भविष्यमा समेत खोप कार्ड प्रयोगमा आउने भएकाले सुरक्षित राख्न समेत उत्प्रेरित गराउँछ ।’

पछिल्लो समय खोपको अभाव नभएको र खोप लगाउन विभिन्न स्थानहरू तोकिएको, त्यसलाई सरलीकृत गरिएको भन्दै उनले खोप लगाउन सबैसँग उनको आग्रह छ ।

सरकार एक्लैले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नसक्ने भन्दै उनले आमनागरिकको पनि जिम्मेवारी रहेको भन्दै जनस्वास्थ्य मापदण्डको पालना, सरकारले लागू गरेका नियमको पालन गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]