जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत असोज २० गते विश्वासको मत लिने भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। प्रदेश २ को प्रदेशसभा बैठक असार २९ गतेपश्चात बस्न सकेको छैन। यस अवधिमा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेस प्रदेश सरकारमा सहभागी भइसकेको छ भने सत्तारुढ दल रहेको जनता समाजवादी पार्टी विभाजित भएर दुईवटा पार्टीमा परिणत भइसकेको छ। अहिले प्रदेश २ को प्रदेशसभामा १०४ जना प्रदेश सांसद रहेकोमा जसपासँग ३९, कांग्रेससँग १९, लोसपासँग १६, नेकपा एकीकृत समाजवादीसँग १३, नेकपा एमालेसँग ८, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीसँग १ जना सांसद रहेका छन्।
लोसपा र नेकपा एमालेबाहेक सबै दल मुख्यमन्त्री राउतको पक्षमा छन्। अहिले प्रदेश २ मा जसपा, कांग्रेस र माओवादीको संयुक्त सरकार छ। सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी सरकारमा जाने तयारीमा रहेको छ।