०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा रहेको पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाहको पोखरीमा डुबेर मृत्यु भएको हो।शनिबार दिउँसो दुवै बालक घरबाट हराएका थिए। हराएको भनी प्रहरीमा आफन्तले खबर गरेपछि खोजतलास गर्ने क्रममा दुवै बालकको शव मुर्लीस्थित पोखरीमा फेला परेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

त्यस्तै शनिबार पर्साको बहुदरमाई नगरपालिका–४ स्थित तिलावे नदीमा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन्।सोही नगरपालिका–२ पिपरा टोल बस्ने २२ वर्षीय श्यामकुमार साह मृत अवस्थामा भेटिएका हुन्।शनिबार विश्वकर्मा बाबाको मूर्ति सेलाउन गएका बेला नदीमा डुबेर बेपत्ता साहको शव नदीकै झाडीमा अडकेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

मृतक दुई बालकसहित युवकको शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]