काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
सामाजिक संजाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानन्त्री मोदीलाई ७१ औं जन्मोत्सवको शुभकामना दिएका हुन् । देउवाले मोदीको स्वास्थ्य र सफलताको कामना व्यक्त गरेका छन् ।