२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।

नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने समयलाई धकेलेर मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन्।
आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको लागि छलफल भइरहेको मुख्यमन्त्री सचिवालय सदस्य अनिल राजधामीले बताए। अहिले मनमोहन पोलिटेक्निकको कार्यक्रममा सहभागी मुख्यमन्त्री आचार्य कार्यालयमा फर्किए पनि मन्त्रिमण्डल विस्तारको निर्णय लिनसक्ने उनले बताए। ‘छलफल भइरहेको छ आधा घण्टापछि निर्क्योल हुन्छ,’ उनले भने, ‘आजै ५ बजेभित्रमा शपथग्रहण हुनसक्छ।’

एमाले विभाजनसँगै मुख्यमन्त्री आचार्यले असोज २४ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ। प्रदेशसभामा हाल एमालेका सभामुखसहित ४१ सदस्य मात्र कायम रहेको र अन्य कुनै विपक्षी दलहरुले समर्थन गर्ने सम्भावना नदेखिएकोले उनले विश्वासको मत पाउने सम्भावना छैन। यद्यपि बढीमा २४ दिनका लागि भए पनि मन्त्री नियुक्तिको तयारीमा उनी जुटेका हुन्।

प्रदेशसभामा बहुमत सिद्ध गर्न ४७ सांसदको आवश्यकता पर्नेमा अहिले विपक्षी गठबन्धनमा ५० सांसद छन्। स्रोतका अनुसार मन्त्री हुनेमा संखुवासभाका तुलसी न्यौपाने, उदयपुरका बिमल कार्की, मोरङकी यशोदा अधिकारीलगायतको नाममा छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]