११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २५, २०७८

काठमाडौं – प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते (आइतबार) दिनको १ बजे बस्ने भएको छ। शुक्रबार शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो।

प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिन (शुक्रबार) २ पटक १५–१५ मिनेटका लागि स्थगित भएको बैठकमा अर्थमन्त्री जनार्दशन शर्माले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पेस गरेका छन्। शुक्रबार बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए। एमाले सांसदहरुको नाराबाजीका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका थिए। १५ मिनेट स्थगित भएपछि पुन: सुरु भएको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए। एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री सापकोटाले बजेट सम्बन्धी अध्यादेशहरु स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। अर्थमन्त्रीले बजेटसम्बन्धी अध्यादेश पेस गरेपछि सभामुख सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका थिए। १५ मिनेटका लागि स्थगित गरिए पनि आधा घण्टा भन्दापनि ढिलो सुरु भएको शुक्रबारको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरेका हुन्।

बजेट अध्यादेश पेस भएपछि सभामुख सापकोटाले संविधान सभाका सदस्यहरु महेन्द्र शेरचन र जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधनमा शोक प्रस्ताव पेस गरेका थिए। शोक प्रस्ताव पारित भएपछि सभामुख सापकोटाले अर्को बैठक जेठ २७ गते (आइतबार) दिनको १ बजे बस्ने घोषणा गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]