२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

रुकुम पूर्व – लगातारको वर्षासँगै सानीभेरी र रुकुमगाड खोलाबीचको बालुवाबस्ती उच्च जोखिममा परेको छ । बालुवामा रहेको खेतीयोग्य जमिन दुईतिरबाट नदी/खोलाले निरन्तर कटान गरिरहेकाले बासिन्दा अन्यत्र सरेका छन् ।

दुवैतर्फ बढेको पानीको बहावले बालुवाको कटान गरिरहेको छ । सानीभेरी नदीले उत्तरपूर्वतर्फबाट र रुकुमगाड खोला पुर्वबाट दिनरात कटान गरिहेको छ । जसका कारण त्रसित स्थानीय दिउँसो घरमै बस्ने र बेलुका अन्यत्र जाने गरेका छन् । बालुवा–देउखोला सडकमुनिको भाग जोखिममा परेपछि सर्वसाधारण सडकमाथिपट्टिका घरमा आश्रय लिइरहेका छन् । ‘एकातर्फ नदी र अर्कोतर्फ खोलाले कटान गरिरहेका कारण जोखिम धेरै छ,’ स्थानीय विश्व केसीले भने, ‘हामी त्रासमा दिन काटिरहेका छौं ।’ बालुवा बस्तीमा १५ घरपरिवार छन् । सबैका बारी नदी र खोलाले कटान गरिसकेको र यो क्रम बढ्दै गएको छ ।

मकैबाली रहेको खेतीयोग्य जमिन फेरि प्रयोग गर्न नसकिने गरी कटान भएको छ । झन्डै ५ सय रोपनी जमिन कटान गरी बगाइसकेको छ । गत वर्षदेखि नै जमिन कटान सुरु भएको हो । यसले गर्दा थप क्षति भएको अर्का स्थानीय प्रमोद मल्लले बताए । सरोकारवालाले समयमै वास्ता नगरेकाले अहिले एकतिर बर्खे बालीसहितको खेतीयोग्य जग्गा क्षति भएको र अर्कातिर कटानबाट बस्ती नै उच्च जोखिममा परेको मल्लको भनाइ छ । हिउँदमा पनि बस्ती बचाउन तटबन्ध वा अरू कुनै सुरक्षाका उपाय नअपनाइएको भन्दै स्थानीय आक्रोसित छन् ।

सानीभेरी नदीबाट २० मिटर नजिक बस्ती छ भने रुकुमगाड खोलाबाट २५ मिटर मात्रै बाँकी छ । हाल नदी र खोलाको बहाव उच्च रहेकाले बस्ती सुरक्षाका लागि तटबन्ध गर्न सम्भव नरहेको सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोवर्द्धन बुढा मगरले बताए । नदी र खोलाको बहाव कम भएमात्र तटबन्धलगायत बस्ती सुरक्षाका लागि अन्य उपाय अपनाएर नियन्त्रण गर्न सकिने बुढाको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]