फाईल फोटो
काठमाडौं – बाँकेको धकेरीलगायत आसपासका क्षेत्रमा आज भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहान साढे ६ बजे जारी सूचनाअनुसार पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको हो । थप वर्षाको सम्भावना रहेको जनाइएको छ । सो क्षेत्र भएर बहने साना नदीमा एक्कासि बाढी आउन सक्ने भन्दै विभागले नदी तटीय तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।