३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

सप्तरी – अविरल वर्षाका कारण कोशी नदीमा पानीको वहाव बढेको छ ।

बढ्दो वहावले चतरा ,कोशी लागयतका क्षेत्रमा कटान भइरहेको भन्दै,सप्तरीका केही स्थानमा पनि कटानको सम्भावना रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ भने स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारबालाहरुलाई सुरक्षाका लागि तत्काल आवश्यक तयारीमा जुट्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले आज सूचना जारी गर्दै हाल कोशी नदीको वहाव २ लाख ५३ हजार १९० क्यूसेक पुगेको उल्लेख गरेका छन् । जल तथा मौसम विज्ञान विभागले प्रदेश २ का केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना व्यक्त गरिरहेकोले चतरादेखि क्षेत्रदेखि सप्तरीको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाका कोशी किनार आसपासका वस्ती तथा होचा स्थानमा बसोवास गर्नेहरुलाई सतकर्ता अपनाउन समेत सूचनामा आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]