२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

सुर्खेत – दुई सातादेखि बन्द रहेको सुर्खेतको मालपोत कार्यालय आज (आइतबार)बाट खुल्ने भएको छ। कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको कार्यालयले भदौं १५ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरेको थियो।

कर्मचारीहरू संक्रमित भएको दश दिन पुरा भइसकेका कारण आजदेखि नै कार्यालय खुल्ने निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले जानकारी दिए। स्वास्थ्य मापदण्ड अनुसार दश दिन अवधि पुरा भएपछि संक्रमण सर्ने सम्भावना हुँदैन। पछिल्लो समय सुर्खेतमा जग्गाको कारोबार बढेपछि कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप छ। सहजरुपमा सेवा प्रवाह गर्न कार्यालयले बार र पालिका अनुसार सेवा प्रवाह गर्दै आएको छ।

जसअनुसार आइतबार-सोमबार चौकुने गाउँपालिका र लेकबेशी नगरपालिका, मंङलबार-बुधबार वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका, बिहीबार-शुक्रबार चिङ्गाड र सिम्ता गाउँपालिकालाई सेवा दिँदै आएको छ। सुर्खेतकै मेहेलकुनामा रहेको मालपोत कार्यालयले गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]