२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ११, २०७८

जुम्ला – १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा चन्दननाथ नगरपालिका वडा नम्बर ९ तलिउमका २० वर्षीय विशाल सार्की र कमल सार्कीविरुद्ध पीडितले १० भदौमा जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन् ।

आरोेपितले बलात्कार गर्नुपूर्व पीडित किशोरीको मोबाइल खोसेको उजुरीमा उल्लेख छ । तातोपानी गाउँपालिका वडा नम्बर १ वाइराँका गाउँको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी किशोरीलाई ७ भदौमा सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख रहेको डिएसपी दानबहादुर थापाले बताए ।४५ वर्षीया सुस्तमनस्थिति भएकी महिलालाई तिला गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय जीवन रावतविरुद्ध पनि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको डिएसपी थापाले जानकारी दिए । उनले भने, ‘भैँसीलाई घाँस हाल्न भनेर हिँडिरहेकी पीडित महिलालाई ८ भदौमा डरत्रास देखाएर बलात्कार गरेको खुल्न आएको छ ।

दुई बलात्कार घटनाका तीन आरोपितलाई प्रहरीले ९ भदौमा उनीहरूकै घरबाट पक्राउ गरी १० भदौमा जिल्ला अदालत जुम्लामा पाँच दिने म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पीडितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १० भदौमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]