०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ११, २०७८

गुल्मी – गुल्मीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै भदौ २० गतेसम्म थप गरिएको छ । जल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ २० गते राति १२ बजेसम्मलाई थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणमा नआएका निषेधाज्ञालाई कायमै राखिएको जिल्ला प्रशासन कर्यालय गुल्मीले जनाएको छ । थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैक र बित्तिय संस्था, होटल तथा रेष्टुरेन्टहरू टेक अवे सेवालाई प्रथामिकता दिँदै बिहान ६ बजेदेखि ५ बजेसम्म खुल्ने भएका छन् । यसअघि बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म मात्रै पसल व्यवसाय खोल्न पाइने निर्णय भएको थियो । निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गनतव्यमा पुग्ने गरी चल्न पाउने भएका छन् । अस्पताल, औषधि पसल २४ घण्टा खुला रहनेछन् । जिल्लामा संचालित शैलुन, ब्युटिपार्लरहरू, शैक्षिक संस्थाहरु भने संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । जिल्लाभर कोरोना संक्रमण दर निरन्तर बढिरहेकाले अत्यावश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ६३१ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउको संख्या ५८ हजार ११५ जना रहेका छन् । दोस्रो मात्राको खोप लागाउनेको संख्या ३८ हजार ५१५ जना रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]