३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०८, २०७८

वीरगंज – लागूऔषधका कारोबारीहरू निषेधाज्ञाको समयमा पनि सक्रिय रहेको प्रहरीले जनाएको छ ।

लागूऔषध ढुवानी तथा तस्करीका लागि पर्सा र छेउछाउको ग्रामीण भेगका नाका प्रयोग गर्ने गरिएको प्रहरीको भनाइ छ । वीरगन्ज नाकाँट पनि अत्याधिक मात्रामा लागूऔषध ढुवानीको ट्रान्जिट बनेको प्रहरीको ठहर छ । लागूऔषधको कारोबार र दुव्यर्वसनमा खासगरी युवा उमेर समूहकै बढी पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ ।वीरगंज कारागारका उपसचिव जेलर कृष्ण गैरेले कारागारमा हाल कूल कैदी बन्दीको आधा जति लागु औषधका मुद्दाका कैदी बन्दी रहेको जानकारी दिए । हालसम्म लागूऔषध बेचविखनमा मात्रै नभई लागूऔषधको दुर्व्यसनमा पनि अधिकांश युवाहरू नै संलग्न रहेको देखिएको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

दैनिकजसो लागूऔषधको बेचविखनमा वा दुर्व्यसनीमा संलग्नहरू वीरगन्ज सीमा नाकाबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर वा लिएर आउने क्रममा नाकामै प्रक्राउ पर्न थालेको प्रहरीको भनाइ छ । प्रहरीले १ सय ९० वटा मुद्धामा २ सय ४८ जनालाई २०७५/७६ मा लागूऔषधकै मुद्दामा पक्राउ गरेको छ भने २०७६/७७ मा १११ वटा मुद्धा परेकोमा १ सय ७३, २०७७/७८ मा १ सय ३३ वटा मुद्दामा १ सय ८१ र चालु आर्थिक वर्षमा १९ वटा मुद्धामा २८ जनालाई पक्राउ गरेको जनाएको छ ।सुधार केन्द्रमा सबै जसो युवाहरू नै लागूऔषध दुर्व्यसनीमा फसेर आउने गरेको सानो पाईलाद्वारा संचालित सामुदायिक पुनर्स्थापना केन्द्रका कार्यक्रम संयोजक राजकुमार तामाङले बताए । उनले हाल अधिकांश अभिभावकहरूको यो चिन्ताको विषय भएको बताए । युवाहरू लागूऔषधको कुलतमा लागेर छोड्नै नसक्ने अवस्थामा समेत पुगिसकेकोले प्राय ल्याइने गरिएकोले उनीहरूलाई उक्‍त कुलतबाट बाहिर ल्याउन सुधार केन्द्रमा हर सम्भव प्रयास गरिएको बताए ।

पर्सामा हाल लागु औषध उत्पदानमा प्रहरीले कडाइ गरेपनि मकवानपुरलगायतका जिल्लाबाट लागूऔषध विभिन्न नाका तथा जंगलको बाटो हुँदै वीरगंज सम्म ल्याउने र सीमा नाका पार गरेपछि महगोमा बेच्ने गरेको प्रहरीको भनाइ छ । त्यसैगरी कारोबारीहरूले भारतबाट यो नाका हुँदै भित्र्याउने लागूऔषध विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पुर्‍याउँछ गरिएको गरेको प्रहरीले जनाएको छ । निषेधाज्ञाको समयमा यस्ता वस्तुको माग झनै बढ्ने र महँगो मूल्यमा बिक्री गर्न पाइने भएकाले कारोबारी सक्रिय हुन सक्ने प्रहरीको भनाइ छ ।

सिमावर्ती भारत रक्सौलका स्थानीयवासी लव प्रसादका अनुसार दिनहु सयौ नेपाली युवाहरू सिमावर्ती बजार जाने गरेका छन्। उनी भन्छन् , ‘आजकल सिमावर्ती भारतीय रक्सौलको कतिपय क्षेत्रहरूमा नेपाली युवाहरू आउँने गरेको र दैनिक जसो र लागु पदार्थ सेवन गरेर र लिएर जाने गरेका छन् , यस्तोमा भारत र नेपाल दुवै तर्फका युवाहरूको भविष्य बर्दाद भइरहेको त्यसैले दुवै तर्फका सरकारले यसमा तुरुन्तै ध्यान दिन जरुरी रहेको छ ।’यसरी प्रदेश २ मा लागूऔषध सेवन गरेर आफ्नै साथीको हत्या , जबर्जस्ती करणी गरिएकालगायतका ८० प्रतिशत अपराधिक घटना लागूऔषधकै कारण भइरहेको प्रहरीको भनाइ छ।

प्रदेशका युवाहरू लागूऔषधको कुलतमा फस्दै गएको तथ्यांक उच्च भए पनि प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा त लागूऔषध नियन्त्रणमा रकम विनियोजन भएको छैन । तर पोखरी सौन्दर्यकरणमा करोडौं बजेट छुट्टयाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]