२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०७, २०७८

काठमाडौं – लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए ।

सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो । सोमबार बैठकमा ४३ जना उपस्थित थिए  यस्तै प्रस्तावको विपक्षमा १ मत पर्‍यो । एमालेले बहिस्कार गरेको प्रदेश सभामा मुख्यमन्त्री केसीले राखेको प्रस्तावमा मतदान भएको हो । माओवादी नेता केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमाले नेतासमेत रहेका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले अल्मतमा परेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि केसी गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए ।

एमालेले भने प्रदेश सभा बैठकमा लगातार अवरोध गरेको थियो । सांसद विमला वली र अजय शाहीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमालेले बैठकमा अवरोध गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]