०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०७, २०७८

अफगानिस्तानको काबुल विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान हुँदा कम्तीमा एक जनाको ज्यान गएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गएको छ । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सहभागी थिए ।तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्न चाहने मानिसका कारण गएको हप्ता तनावपूर्ण बनेको काबुल विमानस्थल हिजो आइतवार केही व्यवस्थित भएकोमा आज फेरि गोली चलेको हो । तालिबानले काबुल नियन्त्रणमा लिएपछि भएको गोली हानाहान तथा भागदौड र हवाई जहाजबाट खसेर कम्तीमा २० जनाको ज्यान गइसकेको रोयटर्सले जनाएको छ । यसैबीच अफगानिस्तानको समस्याबारे छलफल गर्न भोलि मङ्गलवार जी–७ का नेताहरूको आपत्कालीन बैठक बस्ने भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको छलफलपछि भाेलि आपत्कालीन बैठक बस्ने तय भएको बीबीसीले जनाएको छ । बैठकमा अफगानिस्तान समस्या समाधानका लागि समान धारणा बनाइ संयुक्त पहल गर्ने बारेमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]