०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०७, २०७८

नवलपरासी – जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिडभाड बढेको छ । कोरोना जोखिमका बीच जिल्लामा राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन अभियान सुरु भएपछि नागरिकता बनाउनेको भीड बढेको हो ।

परिचयपत्र बनाउनका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । नयाँ नागरिकतासँगै पुराना, झुत्रा भएका, तस्विर मेटिएका नागरिकताको प्रतिलिपि लिनेहरु पनि आएका कारण भीड बढेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भने, ‘भीड बढेपछि ७ वटै स्थानिय तहलाई फरक फरक बारका आधारमा पालो छुट्टाईएको भएता पनि भीड कम नभएको र दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था नहुँदा कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।’

भिडभाड बढेसंगै समयमै काम नहुँदा सेवाग्राहिले भने सास्ती पाएका छन् । साउन १ गते देखि सुरु भएको परिचयपत्रको विवरण संकलनका लागी जिल्लामा ४२ वटा टोली खटाइएको छ । सो टोलीले प्रत्येक वडा वडामा पुगेर विवरण संकलन गर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]