२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०७, २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा निषेधाज्ञा थपिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थपिने जानकारी दिए । उनले विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको बताए । ‘‘पछिल्लो समय विविध कारणले संक्रमण बढिरहेको छ । मृत्युदर पनि उकालो लाग्दो छ । यस्तो अवस्थामा निषेधाज्ञा गरिएका क्षेत्रहरुमा खुलाउने कुरा हुँदैन,” प्रजिअ निरौलाले भने, ‘‘निषेध गरिएका क्षेत्रहरुमा निषेधाज्ञा यथावत नै रहन्छ । अन्य मोडालिटीबारे केही छलफल भएको छैन ।”पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो । संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ ।

प्रजिअ निरौलाका अनुसार अन्य मोडालिटी फेरबदलबारे छलफल भएको छैन । ‘‘आज सरोकारवाला निकायहरुसँग संक्रमणदर र मृत्युदरको समीक्षा गर्दैर्छौँ । त्यसपछि तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअको बैठक बस्छ । त्यसपछि मात्रै निषेधाज्ञाबारे निर्णय हुनेछ,” प्रजिअ निरौलाले भने । पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिन एक वा दुई दिन अघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]