२८ माघ २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०५, २०७८

एक सातामा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो ।

अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला मूल्य ८९ हजार २५० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम छ । साताको आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेर सुनको कारोबार सुरु भएको थियो । त्यसपछि साताका सोमबार र बिहीबार केही ओरालो लाग्नु बाहेक अन्य सबै कारोबार दिनमा सुनको मूल्य बढेको महासङ्घले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार एक हजार १९५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]