२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०२, २०७८

सर्लाही – लालबन्दी नगरपालिकामा एक किशोरीको बलात्कारपछि हत्या भएको ४ दिनपछि शव फेला परेको छ।

साउन ३१ गते साँझ घरबाट बाहिरिएकी लालबन्दी-१७ का राजन भुजेलकी १४ वर्षकी छोरी प्रियंका भुजेलको शव पूर्वपश्चिम राजमार्गको कालिन्जोर पुलभन्दा केही माथि जंगलमा फेला परेको हो।स्थानीयका अनुसार सोही स्थानको फाैदसिंह माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत ती किशोरी त्यहीँको एक फर्निचर उद्योगमा काम गर्ने युवकसँग घरबाट बाहिरिएकी थिइन्।

घटनामा संलग्नमा रहेको आरोपमा प्रहरीले स्थानीय दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी-१७ का अनिस दाहाल र सोही ठाउँका कृष्ण साह छन्। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ती अभियुक्तहरूले किशोरीको शव गाडिएको ठाउँ देखाएका थिए।किशोरीको मृत्युपछि ती दुई किशोर भागेका र प्रहरीले उनीहरूलाई जिल्लाबाट केही तल भागेको ठाउँबाटै हिजो (मंगलबार) पक्राउ गरेको थियो। पक्राउ परेका ती दुईमाथि प्रहरीले केरकार गरेपछि किशोरीलाई गाडेको ठाउँ देखाएका प्रहरी निरीक्षक थापाले बताए।

घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक किशोरीको शव पोष्टमार्टमका लागि मंगलबार राति नै मंलगवा अस्पताल पठाएको छ। युवतीको मृत्युको कारण भने खुल्न सकेको छैन। साउन ३१ गते किशोरी बेपत्ता भएको भन्दै परिवारले साउन ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए।

घटनामा अन्य पनि संलग्न रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका उनीहरू हाल लालबन्दी प्रहरी चाैकीको कस्टडीमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]