सप्तरी – प्रदेश २ का नवनियुक्त प्रदेेश प्रमुख हरिशंकर मिश्रले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मिश्रले नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपतिले विद्यादेवी भण्डारीले मंगलबार प्रदेश २ का प्रमुख राजेश झालाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गरेकी थिइन् ।