०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०१, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रदीप पाैडेलले सरकारले ल्याउन लागेकाे दल विभाजन सम्बन्धी अध्यादेशकाे विराेध गर्नुभएकाे छ ।

आज मङ्गलवार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेखेर नेता पाैडेलले हिजाे केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश ल्याउँदा प्रतिपक्षमा रहेकाे कांग्रेसले त्यसकाे डटेर प्रतिकार गरेकाे उहाँले बताउनुभएकाे छ ।आज फेरि संसद् अधिवेशन गरेर ल्याएकाे अध्यादेश हिजाेकाे प्रवृत्ति भन्दा फरक नभएकाे नेता पाैडेलले बताउनुभएकाे छ ।साथै उहाँले असंवैधानिक काम गर्ने जाे काेहीलाई ढाकछाेप गर्नु लाेकतन्त्र र संविधानमाथिकाे प्रहार भएकाे उहाँकाे भनाइ छ ।उहाँले लेख्नुभएकाे छ, ‘आज संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन । असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिकाे प्रहार हो ।’

सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]