०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०१, २०७८

तनहुँ – कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्लागण्डकी नगरपालिकाको कार्यालय ४ दिनसम्म बन्द हुने भएको छ । १ देखि ४ भदौसम्म नगरपालिकाको कार्यालय बन्द हुनेछ ।

वडा कार्यालय र नगर मातहतका अन्य कार्यालय भने खुल्नेछन् । नगरपालिकाका ४ कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । ‘नगरपालिकाको कार्यालयमा कार्यरत अन्य कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । उनीहरूको कोरोना परीक्षण गर्नुपर्ने भएकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेका हौँ’, उनले भने । उनका अनुसार ७ भदौबाट कार्यालयको नियमित सेवा प्रवाह हुनेछ । कोरोना संक्रमण बढ्दै गएपछि म्याग्देको भाइरल ट्री हाउस पनि सोमबारदेखि बन्द भएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर २ ज्यानटाङ सामुदायिक वनमा चिलाउनेको रुखमाथि बनाइको काठको घरमा पर्यटकको घुइँचो लागेपछि बन्द गर्नुपरेको वनका अध्यक्ष ईश्वरबहादुर रानाभाटले बताए ।

जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना फैलिने जोखिमलाई दृष्टिगत गर्दै हाललाई बन्द गर्न निर्देशन दिएकाले अर्को सूचना जारी नभएसम्म बन्द हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]