सप्तरी – सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाकाे मृत्युु भएको छ । सप्तरीको खडक नगरपालिका वडा न.३ मा माछा मार्ने क्रममा डुबेर एक जनाकाे मृत्युु भएको छ ।
मृत्युु हुनेमा जिल्लाकाे खडक नगरपालिका वडा न.३ बनरझुलाका मन्जय ठाकुर हजामका २१ बर्षिय छाेरा सन्ताेष कुमार ठाकुरकाे पाेखरिमा डुबेर मृत्युु भएको हाे ।घरदेखि झण्डै १५० मिटर टाढा पश्चिम सत्यनारायण चाेधरिकाे अापकाे बगेचामा माछा मार्ने क्रममा डुबेर सख्त घाइते ठाकुरकाे उपचारको लागि युनिक अस्पताल रायपुरमा ल्याउदे गर्दा बिच बाटाेमे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे । यस्तै सप्तरीके कन्चनरुप नगरपालिका वडा न.१० बदगामामा करेन्ट लागेर एक युवकको मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा स्थानीय २५ बर्षिय बेजु यादव रहेका सप्तरी प्रहरीले जनाएको छ । यादवले छिमेकि केशि पासवानकाे घरमा काम गर्न गएकाे बेला अचानक करेन्ट लागेर गम्भीर घाइते भएको थियाे ।
घाइते यादवलाई तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचारकाे लागि ल्याइएको तथा उपचारको क्रममा उनकाे मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ । यता मृतक दुवैको शव राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा शव पाेष्टमाटमसका लागि राखिएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।