वीरगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ ।
अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।
अख्तियार, हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले नारायणी अस्पतालमा छापा मारेको पुष्टि गरे । उनका अनुसार औषधिमा व्यापक अनियमितता भइरहेको सूचनाको आधारमा छापा मारिएको हो ।