काठमाडौं – सरकारले प्रदेश नम्बर २ प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्ने तयारी गरेको छ ।
गत फागुन ७ गते तिलक परियारलाई हटाउँदै तत्कालीन केपी ओली नेतृत्वको सरकारले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले झालाई पनि वर्खास्त गर्ने तयारी गरेको हो ।
‘सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झालाई हटाउने तयारी गरेको छ’ कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले भन्यो, ‘झालाई हटाएपछि तराई मधेसका पुराना राजनीतिज्ञलाई प्रमुख बनाउने तयारी गरिएको छ ।’ प्रदेश प्रमुख बदल्ने घोषणा सम्भवतः आजै आउने ती नेताले दाबी गरे । सरकारले केही समय अघि गण्डकी र लुम्बिनीमा पनि प्रदेश प्रमुख बदलेको थियो ।