२६ माघ २०८१, शनिबार
wait Please...

शुब नारायण यादव

आइतबार, साउन ३१, २०७८

सप्तरी – सवारि दुर्घटनामा परि गम्भीर घाइते भएको सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.४ काेइलाडि मुखिया टाेलका बिदेशि भनिने उमेश मुखियालाइ अार्थिक सहयोग प्रदान गरेकाे छ ।

विगत केही महिना अगाडि सवारि दुर्घटनामा परि एउटा खुट्टा गुमाएका ३८ बर्षिय बिदेशि भनिने उमेश मुखियालाई बिदेशमा चन्दा सङकलन गरि पठाएको रकम पिडितका परिवारलाई प्रदान गरेका हुन । सिटि रिक्सा चलाउन मजदुरि गर्न भेरहवामा कामकाे शिलामा गएकाे बेला झण्डै चार महिना अघि दुर्घटना हुदा मुखियाकाे दायाँ खुट्टामा स्टिल लगाउनु पर्ने भएकाले घरकाे अार्थिक अवस्था कमजोर रहेकाले उपचार गर्न नसकिरहेको अवस्थामा चन्दा सङकलनबाट उपचार गराउदे अाएका थिए । यसअघि मुखियाकाे उपचारको लागि प्रत्येक घरबाट रु. ५ का दरले चन्दा सङकलन गरि झण्डै २५ हजार सहयाेग गरेकाे थियाे भने अहिले बेदेशिक राजगारिकाे शिलशिलामा मलेसियामा कार्यरत रहेका सन्ताेष मुखियाले कम्पनिबाट झण्डै ३६ हजार चन्दा सङकलन गरि मुखियाकाे उपचारको लागि अार्थिक सहयोग गरेका छन । स्थानीय युवा दिलिप कुमारकाे पहलमा साे रकम एक कार्यक्रमका बिच पिडित परिवारलाई साे रकम सहयाेग प्रदान गरेका छन ।
पिडिकलाइ १ छाेरा र ३ छाेरि रहेका छन । दुई धुर मात्रै जग्गा रहेकाे मुखियालाइ उपचारको लागि चाहिने रकम नहुदा पिडित जीवन मरणकाे अवस्थामा रहेकाे बेला साे रकम सहयोग गरेपछि पिडित परिवार खुशि भएकाे पिडितकि अामा भुनटि देवि मुखियाले बताइन । यता मुखियाकाे उपचारका लागि थप अावश्यक रकम खाचाे रहकाले थप अार्थिक सहयोग गरिदिनुहुन सम्बन्धित निकायसग पिडितका परिवारजनले अनुरोध समेत गरेका छन ।

पिडित मुखियाकाे उपचारको लागि झण्डै १ लाख ५० हजार थप रकम उपचारमा लाग्ने भएकाले सहयोगकाे सम्पूर्ण जिल्लाबासिहरुमा अनुरोध गरेका छन । यता मुखियाकाे उपचारको लागि अहिलेसम्म गाउपालिका तथा वडाले केही सहयोग नगरेकाे पिडितले बताएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]