२४ मंसिर २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ३०, २०७८

जुम्ला – बाढीले बगाएर तातोपानी गाउँपालिका-७ का एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवन चौधरीका अनुसार ६० वर्षीय बीर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका १० वर्षीय छोरा सन्देशको मृत्यु भएको हो। बिर्खे रावत जैसरीका जेठाजु हुन्।

सेतक चिनी कोरेर पाटनबाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा बाढीले उनीहरुलाई बगाएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए। उनले भने, ‘बाढी आएर पानी थुनिएको रहेछ। उनीहरु खोला तर्ने र थुनिएको बाढी फुट्ने बेला सँगसँगै भएपछि उनीहरुलाई बगाएको रहेछ।’

उनीहरु साउन २८ गते साँझ घर फर्किएका थिए। राति अबेरसम्म पनि घर नपुगेपपछि परिवारका सदस्यले खोजी थालेका थिए। शुक्रवार वडा नम्बर ७ का वडा अध्यक्ष मर्कर रावत र टोप्ला प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुको शव फेला पारेको थियो। प्रहरी निरीक्षक चौधरीका अनुसार खोलाबाट तीनैजनाको शव निकालिसकिएको छ। उनीहरुको दाहसंस्कार शनिबार गरिने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]