३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ३०, २०७८

लमजुङ – व्यक्तिले रोपेको गाँजाको बोट नष्ट गर्न प्रमुख जिल्ला अधिकारी र डीएसपी नै खटिएका छन् । जनप्रतिनिधि, स्थानीय अगुवालाई साथमा लिएर गाँजा नष्ट गरिएको हो ।

सार्वजनिक स्थल, व्यक्तिगत जग्गा तथा घर छेउछाउमा उम्रिएका गाँजाको बोट काटेर नष्ट गरिएको डीएसपी कृष्णबहादुर कार्कीले बताए ।लागूऔषधको सेवन र कारोबार गाँजाबाट सुरु हुने भन्दै यसलाई नष्ट पार्नुपर्ने आवश्यकता देखिएको डीएसपी कार्कीले बताए । ‘गाँजा फाँड्ने र नागरिकलाई सचेतना जगाउने कार्यमा खटेका छौं,’ उनले भने, ‘हामीले गाँजा फाँडेपछि स्थानीय आफैंले पनि गाँजा फाँड्न थालेका छन् ।’ बेंसीसहर नगरपालिका–१०, बाँझखेतमा ४ सय ५० बढी बोट काटिएको छ । नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग उठिरहेको बेला गृह प्रशासनले भने यसको फँडानी कार्यलाई तीव्र बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घरआँगन, मकैबारी, खुलाचौर, पाखोमा हुर्किएको र हुर्काइको गाँजा फाँडेर नष्ट गरेको बताए । ‘हाम्रो कानुनले गाँजालाई अवैध भन्छ । समाजमा विकृति फैलाउने र कुलत गाँजाबाट सुरु भएको पाइन्छ । यसलाई नष्ट पार्न आवश्यक छ,’ उनले भने । इलाका प्रहरी कार्यालय भोर्लेटारका निरीक्षक बोधराज रेग्मीले गाँजाका ७ सय बढी बोट फाँडेको बताए ।

मध्यनेपाल नगरपालिका–१० को स्वहारा, खत्रीटोल, कार्कीगाउँ, गुरुङगाउँ, लामागाउँ, नेटा, खड्कागाउँ, महतगाउँलगायत ठाउँमा गाँजा फाँडिएको हो । डीएसपी कार्कीले सबै प्रहरी चौकीलाई गाउँगाउँका गाँजाको बोट खोजीखोजी फाँड्न निर्देशन दिइसकेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]