२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन २९, २०७८

दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङको खहरे रानीवनमा गएको पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । पहिरोले सयौं घर विस्थापित भएका छन् भने गत वर्ष ९ र अहिले २ गरी ११ घर पुरिएका छन् ।

गत सालबाट आएको रानीवन पहिरो नियान्त्रणतर्फ कसैको ध्यान नगएको कारण सयाैँ घर विस्थापित र हजारांै रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत वर्ष ९ घर र यसपटक २ घर पुरिएका छन् । समयमै पहिरो नियन्त्रणमा सरोकारवाला निकायले पहल नगरेका कारण सिंगो बस्ती ने स्तान्तरण गर्नुको विकल्प नभएको स्थानीयको भनाइ रहेको छ ।ठूलो पहिरो गएको छ, यसको नियन्त्रणमा अरबौ रुपियाँ लाग्ने अवस्था देखिएको कालिञ्चोक गाउँपालिकाकी उपप्रमुख कालिका पाठकले जानकारी दिइन् ।

मन्त्रीको बस्ती स्थातान्तरणको आश्वसनको पर्खाइरहेका नागरिक सर्वश्व गुमाउन बाध्य भएको खहरे रानी वन उपभोक्ता समितिका अध्यक्ष अर्जुन थामीले बताए ।सिन्धुपाल्चोक पहिरोपछि देशकै ठूलो पहिरो भएको स्थानीयले बताएका छन् । पानी प-यो की रातभर यहाँका नागरिक जागै बस्छन् । गरिखाने जग्गा जमिन बगरमा परिणत भएको स्थानियबासी गोकर्णप्रसाद भण्डारीले जानकारी दिए ।भूकम्पपछि बास बस्नलाई बनाएका घर टहरामा समेत पानी परेपछि अर्को गाउँमा गएर बस्नुपरेको छ । सरकारको तत्काल ध्यान जागृत गराई पीडितको उद्धार गरिदिन नागरिकहरूले आग्रह गरेका छन् ।

चार सय घरपरिवारको हजारौं रोपनी खेत र बारी पहिरोले बगाएको वडाले तथ्यांक निकालेको छ । अघिल्लो वर्ष र यस वर्षको पहिरोले चार सय ५ जनाको खेतीयोग्य जमिन पहिरोले बगाएको सोही वडाका वडा अध्यक्ष सुवास थामीले जानकारी दिए । केही दिन अघि वडालाई बाग्मती प्रदेश सरकारले क्षति र पीडितको तथ्यांक तत्काल निकाल्न निर्देशन दिएअनुसार वडाले अहिले पीडितको तथ्यांक संकलन गरिरहेको हुँदा अहिलेसम्म पहिरोले ४ सय ५ जना लापिलाङ बासिन्दाको खेतीयोग्य जमिन बगाएको छ । पहिरोले गरिखाने खेतबारी बगाउँदा १५ घर परिवार सुकुम्बासी बनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]