३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २८, २०७८

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पहुँचका आधारमा बजेट विनियोजन नगर्ने बताएका छन् ।

विहीबारको राष्ट्रियसभाको बैठकमा श्वेतपत्र प्रस्तुत गर्दै आफूले कोही कसैसँगको आग्रह/पुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको भन्दै यथार्थपरक तथ्यांक प्रस्तुत गरेको दावी गरे ।सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले देशको वर्तमान आर्थिक अवस्था भनी उल्लेख गरेको बताएका छन् । त्यसमा कुनै आग्रह पुर्वाग्रह नराखेको उनको जिकिर थियो ।

शर्माले देशभरिको सन्तुलित विकास गर्ने ध्यान आफ्नो रहेको भन्दै डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएता पनि त्यसकै आधारमा बजेट विनियोजन नगर्ने बताए ।सो अवसरमा उनले संघीय सरकारले २–४ लाख रुपैयाँका योजना कार्यान्वयन नगर्ने पनि बताए। प्रदेश र स्थानीय तहका अधिकार मिच्ने गरी गरिएका काममा सुधार ल्याइने पनि बताए ।

उनले ती योजनाको कार्यान्वयनको अधिकार प्रदेश सरकार र स्थानीय तहलाई दिने बताए । मन्त्री शर्माले मानव विकासमा पछि परेका क्षेत्रलाई सरकारले प्राथमिकतामा पार्ने पनि बताए। खोपका लाागि बजेट अभाव हुन नदिने र आवश्यक परे अन्य क्षेत्रको बजेट ल्याएर भए पनि खोप सुनिश्चित गर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]