२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, साउन २६, २०७८

उपत्यकाका अधिकांश स्थानमा मानिसको भीडभाड डेढ वर्षअघिको जस्तै देखिन्छ । उता भारतबाट फर्किनेहरुको सीमानाकामा परीक्षणको कुनै भरपर्दो व्यवस्था छैन ।

जसले गर्दा नेपालमा चाँडै तेस्रो लहर फैलिनसक्ने विज्ञहरुको भनाइ छ । कोभिड परीक्षण नगरी जथाभावी उपत्यका छिर्ने र बाहिरिने गर्नाले पनि पछिल्ला दिनमा संक्रमितको संख्या बढेको हो ।अहिले हरेक चोक चोकमा नेपाल प्रहरीले तपाईंको मास्क खोइ ? भन्ने अभियान चलाएको छ । सर्वसाधारणले मास्क त लगाएका छन् तर चिउँडो छोप्नको लागि कि अरुलाई देखाउनलाई भनी सोध्नुपर्ने अवस्था छ । केहीले मात्र नाकमुख राम्रोसँग छोपिने गरेर लगाएको पाइन्छ ।

सुरक्षित स्वास्थ्य मापदण्डको पालना फुटपाथ व्यवसायीदेखि ठूला र खुद्रा पसलेले समेत पालना गरेको देखिँदैन । सार्वजनिक सवारी साधनमा पनि यात्रुको कोचाकोच छ । सूर्यविनायकस्थित फुटपाथमा रेडिमेड कपडा बेचिरहेकी मेनुका कार्की भन्छिन्,‘कोरोना लाग्छ भनी सँधैं डराएर मात्र के गर्नु, खान पर्यो,कोठाभाडा तिर्नैपर्यो ।’अर्कोतर्फ,अधिकांश अस्पताल, सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्थाहरुमा पनि भीड बाक्लै देखिन्छ । कोरोनाको उच्चजोखिम रहेको बेला कहिले दूरसञ्चार,कहिले नेपाल वायुसेवा,कहिले माइतीघर मण्डलातिर अनेक नामका धर्ना र काङ्ग्रेस,जसपा,एमालेमा पनि सयभन्दा बढिको केन्द्रीय बैठक चलिरहेको देख्न सकिन्छ ।

अगुवाले नै नियम मिचेपछि अरुबाट के आशा गर्ने ? काठमाडौंको माइतीघरमा दैनिक नाराबाजी,आन्दोलन र प्रदर्शन देख्न पाइन्छ । आन्दोलनमा सामेल हुनेमध्ये अधिकांशको अनुहारमा मास्क छैन । भौतिक दूरीको त कुरै नगरौं । उपत्यकाका अस्पतालहरु कोरोनाका बिरामीले भरिन थालेको बताइन्छ । भेन्टिलेटर र आइसीयु कोरोना संक्रमितले भरिन थालेको छ ।स्वास्थ्य मापदण्डविपरीत भीडभाडमा नजान,धर्ना र जुलुस नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार पुनः सूचना जारी गरेको छ । तर अनुगमन फितलो हुँदा मुख्य चोकहरुमा आन्दोलनकारीहरुले प्रदर्शन गरिहेको देखिन्छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसाधारणलाई स्वास्थ्य मापदण्डको पालना गरेर मात्र घरबाहिर निस्किन हालै भिडियोमार्फत् अपिल गरिसक्नुभएको छ । तर कसैले टेरपुच्छर लगाएको देखिँदैन ।

केही दिनयता कोरोना संक्रमितदर र मृत्युदर समेत ह्वात्तै बढेको छ । शनिबार कोरोना संक्रमितको संख्या ३ हजार २ सय १८ थियो भने मृत्यु हुनेको संख्या १९ जना थियो । आइतबार कोरोना संक्रमितको संख्या सामान्य दरले घटे पनि मृत्यु हुनेको संख्या बढेर ५५ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]