सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.–६ कठौनामा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको हो । ना.४ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ख २४४१ नम्बरको ट्यांकरले हिजो साझ ठक्कर दिएको थियो ।
उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पुर्याउना साथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यता ट्यांकरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाइएको छ