०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन २२, २०७८

काठमाडौं – राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्थमा राजनीतिक उत्तरचढाप भइरहन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गरेर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पनि पुगेको छैन ।

तर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने खेल भइरहेको आशंका गरिन थालिएको छ । केही दिनअघि जसपा नेतृ तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पत्नी हिसिला यमीले यादवलाई प्रधानमन्त्री बन्न आँट गर्न भनेकी थिइन् । सामाजिक सञ्जालमार्फत नेतृ यमीले यादवलाई प्रधानमन्त्री बन्न आँट गर्न र आफूहरुले सहयोग गर्ने बताएकी थिइन् । अहिले जपसाभित्र यादवलाई प्रधानमन्त्री बन्न आग्रह गरिरहेका छन् । प्रधानमन्त्री बन्ने लाइनको मान्छे देउवा सरकारमा सहभागी नहुने यादवलाई आफ्नै पार्टीको नेताहरुले दबाब दिइरहेका छन् । यादव देउवा सरकारमा जाने भएपछि नेताहरुले यादवलाई नजान र अरु नेतालाई पठाउन भनिरहेका छन् ।

प्रधानमन्त्री बन्ने गरी अबको राजनीति गर्नुपर्नेमा जोड दिएका नेताहरुले देउवा सरकारमा नजाने यादवलाई भनिरहेका हुन् । यसलाई दुई अर्थबाट राजनीतिक वृत्तामा हेरिएको छ । पहिलो, यादवलाई सरकारमा सहभागी हुनबाट रोकेर उनको स्थानमा अरु नेताहरुलाई अवसर दिने रणनीतिको रुपमा हेरिएको छ । यादवले उपप्रधानसहित शक्तिशाली मन्त्री मागिरहेका छन् । उक्त अवसर अरु नेतालाई दिने गरी जसपाभित्रबाट खेल भइरहेको अनुमान लगाउन थालिएको छ । दोस्रो, यादवलाई प्रधानमन्त्री बनाउने योजनाअनुसार सोहीअनुसारको वातावरण बनाउन थालिएको केहीले बताउन थालेका छन् । साथै उपेन्द्रलाई प्रधानमन्त्रीको अफर गरेर अहिलेको सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने खेलको रुपमा पनि लिइएको छ ।

तर, केही महिनाअघि जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउने भन्दै विज्ञप्ति जारी गरेको थियो । अहिले केहीदिन जसपा नेतृ हिसिला यमीले यादवलार्य प्रधानमन्त्री बन्न आँट गर्न सुझाव दिएकी र अहिले पार्टीभित्र सोही लाइनमा नेताहरु देखिएकाले कतै यादवलाई प्रधानमन्त्री बनाउने खेल भइरहेको त होइन भन्ने आशंका उब्जाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]