२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन २२, २०७८

हेटौंडा – हेटौंडामा मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक महिलाको बिहीबार मृत्यु भएको छ ।

आफ्ना चार जना छोराको अंशबण्डाका लागि कार्यालयमा आएकी हेटौंडा उपमहानगरपालिका–६ चौघडाकी ७५ बर्षकी पञ्चमाई गौतम लाइनमा बसेकै अवस्थामा ज्यान गएको छोरा मुकुन्द गौतमले बताए । लाइनमा बस्दाबस्दै उनी एक्कासी ढलेकी थिइन् । उनको मृत शरीरलाई निकै समय मालपोत कार्यालय परिसरमै राखिएको थियो । कर्मचारीले मोठ भिडाउने क्रममा आवश्यक पर्ने भन्दै शारीरिक रुपमा बृद्ध महिलालाई लाइनमै बस्न भनेका थिए । कर्मचारीले शारीरिक रुपमा अशक्त रहेपनि काम चाँडो गर्नु भन्दा गर्मिको समयमा भीडमा राख्दा उनि बेहोस भएको प्रतक्षदर्शिले बताए ।

लेखापढी व्यवसायी मार्फत काम थालिएको भएपनि उनी बिहानैदेखि लाइनमा रहेको सेवाग्राहीले बताए । व्यवस्थापकीय कमजोरीका कारण घटना भएको कार्यालय प्रमुख रामचन्द्र भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]