२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन २२, २०७८

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–१२ का ६० वर्षीय बिरजु सरदारको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर उनको मृत्यु भएको काफ्लेले बताए । उनी के कारण पोखरीमा हाम फाले भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]