२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २१, २०७८

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रबाट ४७४ ग्राम अवैध सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र काठमाडौंको तिलगंगास्थित खोटाङ हलेसी गेस्टहाउसका सञ्चालक ४१ वर्षीय अम्बर चाम्लिङ रहेका छन् । जजिरा एयरलाइन्सको उडानद्वारा साउदी अरबबाट काठमाडौं आगमन भएका विभिन्न यात्रीहरुलाई भन्सार छली गर्न लगाई ल्याइएको सुनको बाला महतोको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य ३८ लाख ३८ हजार रुपैयाँ बराबर भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतोले सुन तस्करीमा चाम्लिङको पनि संलग्नता रहेको बताएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]