२८ माघ २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८

लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्षले सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन् ।

रिपोर्टस क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजीनामा दिन बाध्य पारेको बताए ।त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८(२) अनुसार बनेको सरकारबाट मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकार बनाउने बाटोमा १६८(१ं) अनुसार पुनःपोख्रेललाई मुख्यमन्त्रीमा नियुक्ती भएको बताए । सरकार गठनका लागी हामीसँग बहुमतको संख्या रहेको दाबी गर्दै विश्वासको मत लिने बताए ।

त्यस्तै साक्षात्कारमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकुरुद्दीन खाँनले सत्तापक्षले जालझेल गरी सत्ताको आयु बढाउने र अराजक फैलाउने काम गरेको आरोप लगाए । सत्तापक्षले सांसद विमला ओलीलाई बन्धक बनाएर राखेको जिकिर गर्दै ओलीको जीवन रक्षाको माग गरे । उनले विपक्षी गठबन्धनमा बहुमत हुँदा हुदै पनि जर्बजस्ती ढङ्गले मुख्यमन्त्रीले सपथ खाने काम काम गरे यसले संसदीय परिपाटीको नै खिल्ली उडाएको बताए । त्स्तै साक्षात्कार कार्यक्रममा बल्दै जनता समाजवादी पार्टी जसपा दलका नेता रामसहाय यादवले अल्पमतमा रहेको सरकारले विश्वासको मत लिन डराएर, संसदबाट भागेको आरोप लगाए । यादवले सत्ताको दम्भमा सांसदलाई प्रलोभनमा पारी विभाजित गर्ने काम गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले मुलुकका अन्य संसदीय अभ्यासमा कहीँ नभएको गलत कार्य गर्दै नैतिकता आधारमा सरकारले निकास दिनुपर्ने जिकिर गरिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]