काठमाडौं – नवलपरासी बर्दघाट सुस्ता पश्चिममा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।
पाल्हिनन्दन गाउँपालिका–२, भक्सीपुरमा गए राति करिब सवा ९ बजे भएको सवारी दुर्घटनामा उनीहरू घाइते भएका हुन् । लु३३प ५९० नम्बरको मोटरसाइकल र एउटा भारतीय नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा भारतीय नम्बरको मोटरसाइकलमा सवार भारतमा बस्ने ३३ वर्षीय पवनकुर्मी चौधरी र उनकी २९ वर्षीया श्रीमती सावित्री तथा ५९० नम्बरका मोटरसाइकल चालक नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१६, हुकइका २२ वर्षीय श्यामसुन्दर कहार घाइते भएका हुन् । परासीस्थित जिल्ला अस्पतालमा घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।