३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, साउन १९, २०७८

लमजुङबाट वर्षेनी मानिस हराउनेको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/०७८ मा जिल्लाबाट एक सय दुई जना मानिस हराएका छन् ।

अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा भन्दा आर्थिक वर्ष ०७७/७८ मा हराउने मानिसको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्याङकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी एवं इन्सपेक्टर जगदिश रेग्मीका अनुसार गत आवमा जिल्लाबाट एक सय दुई जना मानिस हराएका थिए भने अघिल्लो आवमा ८६ जना मानिस हराएका थिए ।

आर्थिक वर्ष ०७६/७७ मा भन्दा गत आव ०७७/७८ मा १६ जना बढी मानिस हराएका छन् । आव ०७७/७८ मा हराएकामध्ये ८० जना सम्पर्कमा आएका छन् भने २२ जना अझै सम्पर्कविहीन छन् । आर्थिक वर्ष ०७७ /०७८ मा जिल्लाबाट ९० जना महिला र बालबालिका हराएका छन् । जसमध्ये महिला ५४, बालिका १५ र बालक तीन जना मात्रै भेटिएका छन् । १६ जना महिला र दुई जना बालिका भेटिएका छैनन् । प्रहरीका अनुसार जिल्लामा आ.व ०७७/७८ मा सात जना पुरुष र पाँच जना जेष्ठ नागरिक हराएका छन् । जसमध्ये चार जना जेष्ठ नागरिक र चार जना पुरुष फेला परेका छन् ।

हराउनेमा महिला र बालबालिका बढी
जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लाबाट हराएका महिला र बालिकाको संख्या धेरै छ । एक वर्षमा हराएका एक सय दुई जना मध्ये ७० जना महिला रहेका छन् भने १७ जना बालिका र तना जना बालक हराएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

भेटिए पनि प्रहरीमा खबर गरिँदैन
परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको प्रहरीले जनाएको छ । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची धेरै भएको प्रहरीको अनुमान छ । प्रहरीले हराएका महिला तथा बालबालिकाको खोजीकार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

शारीरिक अपांगता, मानसिक असन्तुलन, परिवारमा हुने झै–झगडा, सामाजिक अवहेलनाजस्ता कारणले गर्दा पनि मानिसहरू बेपत्ता हुने गरेको डिएसपी कार्की बताउँछन् । बार एकाई लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जिल्लाबाट मानिस हराउने क्रम बढ्दै जानु प्रहरी संगठन र जिल्लाकै लागि चुनौतीको विषय भएको बताए । उनले भने ‘विगतका वर्षदेखि नै लमजुङमा महिला र बालबालिका हराउने क्रम बढ्दो छ । ’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]