२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, साउन १८, २०७८

जनकपुरधाम – एमबीबीएस चौथो वर्षको परीक्षामा ‘डिभाइस’ प्रयोग गरी चिट चोरी गरेको आरोपमा एक परीक्षार्थीलाई निष्कासन गरिएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले सञ्चालन गरेको परीक्षामा जनकपुरस्थित जानकी मेडिकल कलेजका परीक्षार्थी भारतीय नागरिक अभय कुमारलाई डिभाइस प्रयोग गरी चोरी गरिरहेको फेला पारेपछि परीक्षाबाट निष्कासित गरिएको हो ।आइतबार सर्जरी विषयको परीक्षामा लुगामा तारसहितको डिभाइस र कानमा माइक राखेर अभयले परीक्षा दिंदै थिए । ‘परीक्षा केन्द्रमा सीसीटिभी क्यामरा लगाए पनि डिभाइसबाट चोरी भएको गुनासो बढेपछि कडाइका साथ निगरानी गर्दा चोरी गर्ने परीक्षार्थी फेला परेको हो,’ आइओएमका मुख्य कार्यालय सहायक गणेश गौतमले भने, ‘डिभाइस बरामद भएका परीक्षार्थीलाई यस वर्षको सबै परीक्षा रद्द हुनेगरी निष्कासन गरिएको छ । लुगामा जडान गरिएको डिभाइस सिल गरी आईएमओमा पठाइएको छ ।’

डिभाइसमार्फत चोरी गराउन सघाउनेलाई धनुषा प्रहरीले खोजिरहेको छ । परीक्षालाई मर्यादित बनाउन र चोरी हुन नदिन मोबाइल नेटवर्क बन्द गर्न ज्यामर र सीसीटीभी क्यामरा जडान भए पनि एमबीबीएसका विद्यार्थीले एन्टी ज्यामर (मोबाइल नेटवर्क बन्द हुने प्रविधि) डिभाइस प्रयोग गरेको पाइएको छ । जानकी मेडिकल कलेजमा हुने एमबीबीएस परीक्षामा छात्रावासबाटै डिभाइसको माध्यमले चोरी भइरहेको आशंका छ ।भारतीय विद्यार्थीहरूले कलेज व्यवस्थापनलाई आर्थिक प्रलोभनमा पारेर होस्टलबाट वाकीटकी मोडलको डिभाइस प्रयोग गरी चोरी गरिरहेको मेडिकल कलेजका कर्मचारी बताउँछन् ।‘कलेजको छात्रावास र क्यान्टिनबाट प्रश्नको उत्तर पढेर डिभाइसको माध्यमले विद्यार्थीले उत्तरपुस्तिकामा जवाफ सार्छन्,’ मेडिकल कलेजका एक कर्मचारीले भने, ‘पटकपटक परीक्षा दिंदा असफल भएकाले एउटा पेपरका लागि ५ लाख रुपैयाँ खर्च गरी सेटिङ मिलाउने गरेका छन् ।

परीक्षा हुने कक्षा नजिकै रहेको क्यान्टिन र छात्रावासमा बसेर सिनियर डाक्टरले परीक्षार्थीलाई प्रश्नको जवाफ लेखाउने गर्छन् ।’ मेडिकल कलेजका प्रिन्सिपल दयानन्द झाले कर्मचारीको संलग्नतामा परीक्षामा चोरी भइरहेको आरोप गलत भएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]