२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, साउन १८, २०७८

काठमाडौंको चावहिलमा रहेको हेल्दी स्माइल ओमकार डेन्टल प्रालिका चिकित्सक र संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मेडिकल काउन्सिलको अनुमती पत्र बिना उपचारमा संलग्न भारत घर भएका चिकित्सक सौरभ कुमार, डेन्टलका संचालक डा. रावेत रञ्जन कुमार ठाकुर र राधा कृष्ण तामाङलाई नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।नेपाल मेडिकल काउन्सिलको जाहेरीका आधारमा ३१ वर्षीय सौरभ कुमारलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । ‘सौरभ कुमारले मेडिकल काउन्सिलको प्रमाणपत्र नलिइकन विरामीको उपचार गरेको अनुसन्धानबाट खुलेको छ’ डीआईजी सिंहले भने, ‘ईजाजत पत्र नभएका चिकित्सकलाई सहजीकरण गर्ने संचालक र अर्का चिकित्सकलाई पनि पक्रेर अनुसन्धान गरिरहेका छौं ।’ मेडिकल काउन्सिलले लिने परिक्षा पास गरेपछि मात्र चिकित्कसले विरामीको उपचार गर्न पाउँछन् ।

तर, सौरभ कुमारले परिक्षामा सहभागी नै नभई सो अस्पतालमा बिरामीहरुको चेकजाँच तथा सर्जरी समेतका उपचारमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुमाथी ईलाज सम्बन्धी कसूरमा ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]